Logo

५ पुस, वीरगञ्ज । पर्सा राष्ट्रिय निकुञ्जमा शिकार गर्न गएका ५ जनालाई मृत जरायो र जरायोको सिंहसहित वन संरक्षण टोलीले पक्राउ गरेको छ । पर्सा राष्ट्रिय निकुञ्ज अन्तर्गत पर्साको सखुवाप्रसौनी गाउँपालिका वडा नम्बर १ अकुअनिया स्थितको वनजङ्गलमा वन्यजन्तुको शिकार गर्न पुगेका स्थानीय ३ जना र काभ्रे जिल्लाका २ जना गरी ५ जनालाई नियन्त्रणमा लिइएको पर्सा राष्ट्रिय निकुञ्ज अधाभारका प्रमुख संरक्षण अधिकृत अशोक राम जानकारी दिए ।

पक्राउ पर्नेमा सखुवाप्रसौनी गाउँपालिका वडा नम्बर १ का झापस दास थारु, अकुअनिया टोलका नवराज बस्नेत, काभ्रे घर भई हाल सखुवाप्रसौनी १ मै बस्ने.दामोदर अधिकारी, वडा नम्बर १ खजुरिया निवासी विशाल सहनी, काभ्रेको नासिक गाविस ६ मालदोङ्ग तामाङ्ग रहेका छन् ।

उनीहरुको साथबाट टाउकोमा गोली लागी मृत अवस्थामा रहेको जरायो र जरायोको सिंग, शिकार गर्न प्रयोग भएका १२ बोरको भरुवा बन्दुक १ थान, १२ राउण्ड गोली, पाँच थान मोवाईल, दुई लाख ९० हजार ६ सय ३० रुपैया नगद बरामद भएको प्रमुख संरक्षण अधिकृत रामले बताए ।

उनीहरुले प्रयोग गन बा ५ त ७८०५ नम्बरको टोयटा गाडी, र प्रदेश २ ०२–०३–००१ च ३०९७ नम्बरको बोलेरो गाडी पनि नियन्त्रण लिई थप अनुसन्धान भईरहेको पर्सा राष्ट्रिय निकुञ्ज आधाभारका सुचना अधिकारी सूर्य खड्काले बताए ।


सम्बन्धित समाचार