Logo

३१ साउन,वीरगञ्ज । बारा प्रहरीले भन्सार छलीका ठूलो मात्रामा विभिन्न खुद्रा सामानहरु पक्राउ गरेको छ । प्रहरीले बिल बिजक भन्दा बढीको भन्सार छलीका सामानहरु पक्राउ गरेको जनाएको छ ।

विशेष सूचनाको आधारमा प्रहरीले जीतपुरसिमरा उपमहानगरपालिका–१ पथलैया चोकबाट भन्सार छलीका ६३ लाख ५३ हजार मूल्य बराबरको भन्सार छलीका सामानसहित ट्रक नियन्त्रणमा जानकारी दिउको छ ।

प्रहरी चौकी पथलैयाबाट खटिएको प्रहरी टोलीले सामानसहित ना ४ ख ५४०६ नम्बरको ट्रक पक्राउ गरेको बारा प्रहरी प्रवक्ता प्रकाश सापकोटाले बताए । उनका अनुसार वीरगञ्जबाट बाँकेतर्फ जाँदै गरेको अवस्थामा जाँच गर्दा ट्रकबाट बिल बिजक भन्दा बढीका ६३ लाख ५३ हजार ३८९ मूल्य बराबरका सामान बरामद भएको हो ।

प्रहरीले ट्रकबाट मोबिल, हार्डवेयर, कपडा, प्लाष्टिक, औषधी, किराना आइटम लगायतका अन्य खुद्रा सामानहरु बरामद गरेको हो । बरामद सामानसहित ट्रकलाई आवश्यक कारबाहीका लागि राजश्व कार्यालय पथलैयामा पठाइएको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ ।


सम्बन्धित समाचार