Logo

३२ साउन,वीरगञ्ज । सशस्त्र प्रहरी पर्साले चाँदीसहित एकजनालाई पक्राउ गरेको छ । प्रहरीले दुई केजी १७१ ग्राम चाँदीसहित एकजनालाई पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा भारतको पूर्वी चम्पारण घोडासहन ग्राम पोष्ट ११ बासुकीनाथ बस्ने १८ वर्षीय गोपाल कुमार रहेका छन् । भारतबाट नेपालतर्फ आउँदै गरेका उनलाई शंका लागेर सशस्त्र प्रहरीले जाँच गरेको थियो ।

सोही क्रममा उनले बोकेको झोला र शरीरमा बेरेर लुकाइ छिपाइ राखेको अवस्थामा चाँदी बरामद भएको सशस्त्र प्रहरी पर्साका प्रहरी नायब उपरिक्षक देवेन्द्र सिंहले बताए ।

बरामद चाँदीको मूल्यांकन तीन लाख २५ हजार ६५० रुपैँया कायम गरिएको छ । चाँदीसहित पक्राउ परेका गोपाललाई आवश्यक कारबाहीका लागि वीरगञ्ज भन्सार कार्यालयको जिम्मा लगाइएको छ ।


सम्बन्धित समाचार