Logo

२ भदौ,वीरगञ्ज । बारा प्ररहरीले प्रतिबन्धित लागु औषधसहित दुइ जनालाई पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय सिमरा र लागु औषध ब्यूरो नियन्त्रण कार्यालय बीरगन्जको संयुक्त टोलीले सिमराबाट दुइ जनालाई पक्राउ गरेको हो ।

वीरगञ्ज महानगर नगरपालिका वडा नम्बर ५ निवासी विजय जैसवाल र छिपहरमाइ गाउँपालिका ५ निवासी मेघनाथ महतोलाई पक्राउ गरिएको बारा प्रहरी प्रवक्ता प्रकाश सापकोटाले बताए ।

उनका अनुसार पैदल हिडिरहेका दुबैजना शंकास्पद गतिविधि गरेपछि रोकी जाँच गरिएको थियो । प्रहरीले जाँच गर्दा उनीहरुको साथबाट फेनारगन २ सय, लुफिन २ सय र डाइजोपान २ सय बरामद गरेको बारा प्रहरीले जारी गरेको प्रेस विज्ञप्तिमा भनिएको छ ।

पक्राउ परेका दुबै जनालाई प्रहरी हिरासतमा आवश्यक कानुनी प्रक्रिया अगाडि बढाइएको बारा प्रहरीले जानकारी दिएको छ ।


सम्बन्धित समाचार