Logo

५ भदौ,वीरगञ्ज । पर्सा प्रहरीले बारा एलएस न्यूरो अस्पतालमा कार्यरत एकजना चिकित्सकलाई पक्राउ गरेको छ । ठगी मुद्दा दर्ता रहेको आरोपमा प्रहरीले एलएस न्यूरो अस्पतालमा कार्यरत चिकित्सकलाई पक्राउ गरेको हो ।

प्रहरीको टोलीले आज विहान न्यूरो अस्पतालमा कार्यरत मेडिकल अफिसर अमिर हुसेन अन्सारीलाई अस्पताल अगाडिबाट पक्राउ गरेको हो । आपराधिक विश्वासघातको मुद्दा दर्ता रहेकोले चिकित्सक अन्सारीलाई पक्राउ गरिएको प्रहरी स्रोतले जनाएको छ ।

पक्राउ परेका अन्सारीलाई प्रहरी हिरासतमा राखेर थप अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ ।


सम्बन्धित समाचार