Logo

११ भदौ,काठमाडौँ । नेपाली काँग्रेस केन्द्रीय समितिको बैठक सारिएको छ । बैठकमा महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले पेश गरेको प्रतिवेदनमा चर्को विवाद भएपछि बैठक सारिएको हो । भोलि बस्ने भनिएको बैठक अब भदौ १६ गते आइतबार दिउँसो २ बजे बस्ने मुख्य सचिव कृष्णप्रसाद पौडेलले बताए ।

महामन्त्रीद्वयको प्रतिवेदनमा सहमति खोज्न सभापति शेरबहादुर देउवाले उपसभापतिद्वय पूर्णबहादुर खड्का र धनराज गुरुङ, महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मालाई आफ्नै निवास बुढानीलकण्ठमा बोलाएर छलफल गरेका थिए ।

महामन्त्री थापाको चुनावी गठबन्धन नगर्ने र शर्माको ‘एक्जिट पोलिसी’ प्रस्तावमाथि संस्थापन पक्षको चर्को विरोध छ । यो विषयलाई मध्यमार्गी बनाएर जानेबारे देउवाले पार्टीका शीर्ष नेताहरूसँग निरन्तर छलफल गरेका छन् ।

साउन २३ गते सुरु भएको बैठकमा अब सभापति, उपसभापति र महामन्त्रीले मात्रै बोल्न बाँकी छ । पार्टीका पाँच शीर्ष नेताले बोलेपछि महासमिति बैठकमा आएको सुझावलाई समेटेर परिमार्जित भएर आएको प्रतिवेदन पारित गर्ने काँग्रेसको तयारी छ ।


सम्बन्धित समाचार