Logo

८ पुस ,वीरगञ्ज । पर्साको बहुदरमाई नगरपालिकामा रहेको एक विद्यालयमा कक्षानै संचालन नगरी परीक्षा लिएको पाइएको छ । बहुदरमाई नगरपालिकाको वडा नम्बर ४ मा रहेको श्री नेपाल राष्ट्रिय माध्यमिक विद्यालयमा डकैला बहुअरीले कक्षानै संचालन नगरी परीक्षा लिएको पाइएको हो ।

बहुदरमाई नगरपालिकामा रहेको सबै विद्यालयहरुमा अहिले अर्धबार्षिक परिक्षा चलिरहेको समयमै यस्तोे रहस्यको खुलासा भएको हो । नेपाल राष्ट्रिय माध्यमिक विद्यालयमा डोकैला बहुअरीका कक्षा १० अध्यनरत अधिकाँश बिधार्थीहरुले स्वास्थ्य तथा जनसंख्या विषयको परीक्षाको उतर पुस्तिका मा यस्तो ‘पढाई भएको छैन’ भनि लेखेको पाईएपछि यस्तो रहस्य बाहिर आएको हो ।

सोही क्रममा एक जना बिधार्थीले आफनो उतर पुस्तिकामा सो कुरा लेखेको फाटो अहिले सामाजिक संजालमा भाईरल भएको छ ।उक्त फोटोले नै बहुदरमाई नगरपालिकाको शिक्षाको अवस्था कस्तो स्तरमा छ भन्ने कुरा पुष्टि गरेको छ ।

यस बारे बहुदरमाई नगरपालिका नगरप्रमुख सिंगासन सा तेली सँग बुजदा,एक महिना पहिलानै स्वास्थ्य तथा जनसंख्या विषयको शिक्षिका को सरुवा भएर गएको हुनाले यस्तो भएको बताउनुभयो ।स्थानीय तहमा सरकारले शिक्षाको सम्पुर्ण अधिकार दिएपछि शिक्षाको बिकाश हुनुको सटा बहुदरमाई नगरपालिकामा शिक्षाको बिनाश भईरहेको बेला मेयर तेलीले सुधारको लागि ध्यान नदिएको स्थानीय अभिभावकहरु बताउँछन ।

मेयर,उपमेयर, लगायत जनप्रतिनधी तथा नगरपालिकाका कर्मचारीहरुका लापारवाहीका कारण बहुदरमाई नगरपालिकाको शिक्षाको अवस्था ध्वस्त भईसकेको अभिभावकहरु गुनासो गर्छन ।जसको उदाहरणको रुपमा नगरपालिकामा रहेको अधिकाँश विद्यालय को अवस्था दिनप्रतिदिन खराब हुदै जानु हो ।

ती बिधालयहरुमा कतै शिक्षक छैनन त कतै राम्रो पढाई हुदैन भने कुनै बिधालयमा भौतिक पुर्बाधारको कमि लगायत हो ।यस नगरपालिकाका बिधालयका शिक्षकहरु बिभिन्न राजनितीक दलमा आबद्ध भएका र मेयर उपमेयर लगायतका जनप्रतिनिधीका आसेपासे रहेका छन ।

उनीहरु बिधालयमा पढाउनु भन्दा पनि बढी राजनितीक गर्नमा ब्यस्त हुदा बिधार्थीहरुको भबिष्य अन्धकार हुदै गएको छ ।राजनितीकै कारणले शिषाको अवस्था ध्वस्त हुदा नगरपालिकामा रहेका बिधालयमा बिधार्थीहरुले तालाबन्दि गर्नुका साथै शिक्षकलाई समेत बेला बेलामा घेराबन्दि गर्दै आएका छन ।शिक्षाको सुधारको लागि बिधार्थीहरुले थुप्रै पटक बिधार्थीहरुले नगरपालिकामा नै पुगेर आन्दोलन गरेपनि हालसम्म नगरपालिकाले कुनै किसिमको उपलबिध नभएको स्थानीयबासी बताउँछन ।

बिगतमा श्री भंगी साह उच्च मावि मा शिक्षककै विषय लाई लिएर ताला बन्दी समेत गरीएको भएपनि नगरपालिकाले खासै चासो नदिएको स्थानीय एवम् एमालेका नेता शिव पटेलले बताउनु भयो ।उनले स्थानीय सरकारको मातहतमा रहेको शिक्षाको अवस्था दयनिय हुनुमा जनप्रतिनिधीहरु नै मुख्य दोषी भएको जिकिर गर्नु भयो ।

 

०७४ सालमा नै नगरपालिका भएको बहुदरमाईमा स्थानीयबासीले नगरपालिकाको सेवा सुबिधाबाट बञ्चित हुदै आएका त छदैछन त्यहाँको बालबालिकाहरुले गुणस्तरीय शिक्षा समेत पाउन सकेका छैनन ।जसका कारण नगरपालिकालाई नगरपालिका भन्न पनि स्थानीयबासीहरुलाई लाज लागने गरेको छ ।

 


सम्बन्धित समाचार