Logo

१३ भदौ,काठमाडौँ । नेकपा माओवादी केन्द्रका सांसद छिरिङ डम्डुल लामा (भोटे) ले एमालेका सचिव योगेश भट्टराईले जनयुद्धको नाममा चन्दा असुलेर हतियार तस्कर गरेको आरोप लगाएका छन् । प्रतिनिधि सभाको बैठकमा बोल्दै आफैँ हिंसा गर्ने नाइकेले जनयुद्धलाई हिंसा भन्नु गैर जिम्मेवारी भएको टिप्पणी गरे ।

उनले भने, ‘०५२ सालको सशस्त्र जनयुद्ध एकात्मक शासन व्यवस्थाको विरुद्ध लडेको मुक्ति युद्ध र जनताको आवाज हुन् । जो जनमुक्ति र वर्गमुक्तको बिगुल प्रचण्डको नेतृत्वमा फुकिएको हो । तर, जनयुद्धको नाममा चन्दा असुलेर हतियार तस्कर गर्ने, आफैँ हिंसा गर्ने नाइकेले जनयुद्धलाई हिंसा भन्नु गैर जिम्मेवारी हो ।’

हिजो प्रतिनिधि सभाको बैठकमा बोल्ने क्रममा भट्टराईले माओवादीको १० वर्षे हिंसा भनेपछि सदनमा आरोप(प्रत्यारोप चलेको थियो ।


सम्बन्धित समाचार