Logo

१४ भदौ,काठमाडौँ । नवनियुक्त मुख्य सचिव एकनारायण अर्यालले नियुक्ति पत्र बुझेका छन् । शुक्रवार(आज) प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा मुख्य सचिव लीलादेवी गडतौलाले नवनियुक्त मुख्य सचिव अर्याललाई नियुक्ति पत्र दिएकी हुन् ।

बिहीबार(हिजो) बसेको मन्त्रिपरिषद् बैठकले गृह सचिव अर्याललाई मुख्य सचिव नियुक्त गर्ने निर्णय गरेको थियो । मुख्य सचिव गडतौला आज राती १२ बजेदेखि अनिवार्य अवकाशमा जाने भएसँगै सरकारले वरिष्ठ सचिवहरुमध्येबाट अर्याललाई मुख्य सचिवमा नियुक्त गरिएको हो ।

यससँगै केही बेरमा गृह मन्त्रालयले अर्यालको बिदाई कार्यक्रम आयोजना गर्दैछ । नवनियुक्त मुख्य सचिव अर्यालले आउँदो सातादेखि नयाँ जिम्मेवारी सम्हाल्दैछन् ।


सम्बन्धित समाचार