Logo

९ पुष, वीरगञ्ज । रोटरी क्लव अफ विरगन्ज मेट्रोपोलिस परिवारको संयुक्त आयोजनामा रक्तदान कार्यक्रम सम्पन्न भएको छ । बिरगन्जको माइस्थानमा सम्पन्न कार्यक्रममा ५ जना महिला सहित ५० जनाले रतmदान गरेका छन् । रक्तदान गर्ने सम्पूर्ण रक्तदाताहरुलाई प्रमाण पत्र समेत वितरण गरिएको रोट्रयाक्ट क्लब अफ वीरगन्ज मेट्रोपोलिसका अध्यक्ष रविन श्रेष्ठ बताए

क्लबका अध्यक्ष सुरेश गोर्खालीको अध्यक्षतामा भएको कार्यक्रममा अमित सर्राफ, दीपू वर्णवाल, प्रकश कर्ण , मनोज साह, मुना साह् कानु सौरभ वर्णवाल, प्रिती गुप्ता, रामविनय यादव, पियुश दारुका, मुस्कान अग्रवाल र पत्रकार राम मन्डल लगायतले रक्तदान गरेका हुन् ।

चिसो मौसम शुरु भएसँगै रगतको अभाव हुने हुँदा रक्तदान कार्यक्रमको आयोजना गरिएको रोटरी क्लब अफ वीरगञ्ज मेट्रोपोलिसका सचिव चन्दन सिंहले बताए ।

 


सम्बन्धित समाचार