Logo

२५ भदौ,वीरगञ्ज । बारा प्रहरीले २ सय ४० किलो लागुऔषध गाँजा सहित दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा चितवनको राप्ती नगरपालिका–३, झुरझुरे निवासी ट्रक चालक २६ वर्षीय विज्ञान तिमल्सिना र सह–चालक १८ वर्षीय बाबु काजी परियार रहेका छन् ।

विशेष सूचनाका आधारमा, इलाका प्रहरी कार्यालय अमलेखगञ्जबाट खटिएको प्रहरी टोलीले जितपुर सिमरा उपमहानगरपालिका–२१, अमलेखगञ्जमा हेटौँडाबाट पथलैयातर्फ आउँदै गरेको ना ४ ख २०६३ नम्बरको ट्रकलाई रोकी चेकजाँच गर्दा २ सय ४० किलो लागुऔषध गाँजा बरामद गरिएको हो ।

ट्रकको क्याबिनसँग जोडिएको फल्स बटमभित्र लुकाई छिपाइ राखिएका १५ पोकामा २ सय ४० किलो गाँजा भेटिएको प्रहरी नायब उपरीक्षक प्रकाश सापकोटाले बताए ।
प्रहरीले ट्रक र चालकसहित दुवै जनालाई नियन्त्रणमा लिई आवश्यक कानुनी प्रक्रिया अगाडि बढाएको जनाएको छ । पक्राउ परेकाहरुमाथि थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ ।

 


सम्बन्धित समाचार