Logo

२५ भदौ,महोत्तरी । महोत्तरीको गौशाला नगरपालिका–३ इँटाटार गाउँमा ट्याक्टरको ठक्करबाट एक बालिकाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा नौ वर्षीया जियासिंह महतो रहेकी जिल्ला प्रहरी कार्यालयका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक सन्तुलालप्रसाद जैसवारले जानकारी दिए ।

तीन साथीसँग साइकलमा जनता आधारभूत विद्यालय इँटाटार जाने क्रममा तीव्र गतिमा आएको ज२त २० नम्बरको ट्याक्टरले ठक्कर दिँदा उनको घटनास्थलमै मृत्यु भएको हो । जियासिंह कक्षा ३ मा अध्ययनरत थिइन् ।

सोही घटनामा परेर अन्य दुई बालिका सामान्य घाइते भएका छन् । घाइते हुनेमा गौशाला–३ इटाटारका १२ वर्षीय सुरज महतो र ६ वर्षीया हंसिका महतो रहेका छन् । ठक्कर दिएर फरार भएका ट्याक्टर चालक प्रेमचन्द्र महतोलाई गौशालाबाट पक्राउ गरिएको छ ।


सम्बन्धित समाचार