Logo

२५ भदौ,वीरगञ्ज । नेपाल सिएमए संघ पर्साको आयोजनामा रक्तदान कार्यक्रम सम्पन्न भएको छ।

सिएमए संघ पर्साको २१ औँ स्थापना दिवसको अवसरमा मंगलबार आयोजित रक्तदान कार्यक्रममा ४६ जनाले रगतदान गरेका छन्।

वीरगञ्जस्थित नारायणी अस्पताल छेउको नेपाल मेडिकल एशोसियसनको भवनमा आयोजित रक्तदान कार्यक्रममा राकेश साह गोंढ,डा. मुक्तिनारायण साह,हृदय नारायण महतो,नरेश साह,मुकेश प्रसाद यादव,अमरेस यादव,आबिद हुसेन, लगायतले रगतदान गरेका हुन् ।रक्तदान कार्यक्रमको उद्घाटन संघका केन्द्रिय अध्यक्ष रामेश्वर प्रसादले पानसमा दिप प्रज्वलन गरेर गरेका थिए ।

संघका जिल्ला अध्यक्ष जितेन्द्र महतोको अध्यक्षतामा भएको रक्तदान कार्यक्रममा संघका केन्द्रीय सदस्य रामदयाल महतो, स्वास्थ्य कार्यालय पर्साका प्रमुख मुक्तिनारायण साह, प्रगतीशिल जनस्वास्थ्य महासंघका उपाध्यक्ष सुभाष गुप्ता, राष्ट्रिय प्रगतीशिल जनस्वास्थ्य संगठनका पर्सा जिल्ला अध्यक्ष एवं केन्द्रिय सदस्य शिवहरी तिवारी, नेपाल पत्रकार महासंघ पर्साका उपाध्यक्ष युवराज खड्का लगायतको उपस्थिती रहेको सिएमए संघ पर्साका सहसचिव महम्मद रियाज हुसेनले जानकारी दिए ।

रक्तदान कार्यक्रममा रक्तसञ्चार केन्द्र वीरगञ्जले प्राविधिक सहयोग गरेको छ । कार्यक्रमको सहजीकरण कार्यक्रम संयोजक राजेन्द्र साहले गरेका थिए।


सम्बन्धित समाचार