Logo

२६ भदौ,काठमाडौं । सभामुख देवराज घिमिरेले नेकपा एमालेका सांसद योगेश भट्टराईले संसदमा बोल्ने क्रममा प्रयोग गरेको ‘हिंसा’ शब्द संसदको रेकर्डबाट हटाउन नपर्ने बताएका छन् ।

माओवादीका प्रमुख सचेतक हितराज पाण्डेसहित सांसदहरूको मागअनुसार विषय प्रसंगलाई हेर्दा ‘हिंसा’ शब्द असंसदीय नदेखिएको संसदको अभिलेखबाट हटाउन नपर्ने बताए ।

पछिल्ला बैठकहरूमा प्रतिकात्मक शब्द प्रयोग गर्दा पनि नियमापत्ति गर्ने र बहस हुने गरेकाले शब्द चयनमा सचेतता अपनाउन आग्रह गरे ।

सभामुख घिघिरेले परामर्श समिति र संसद सचिवालयको परामर्श लिएर हिंसा शब्द अभिलेखबाट हटाउन नपर्ने निर्णय लिएको छ । सांसद भट्टराईले हिंसा शब्द प्रयोग गरेपछि माओवादीका सांसदहरूले जनयुद्धको अपमान गरेको भन्दै आपत्ति जनाएपछि आरोप प्रत्यारोप चलेको थियो ।


सम्बन्धित समाचार