Logo

२६ भदौ,काठमाडौं । गृह मन्त्रालयले नेपाल प्रहरीका तीन डीआईजीको सरुवा गरेको छ ।

मन्त्री स्तरीय निर्णयबाट बुधबार यज्ञविनोद पोखरेल, लालमणि आचार्य र राजेश बास्तोलाको सरुवा भएको गृह मन्त्रालय स्रोतले जानकारी दियो ।

आर्थिक अनियमितताको आरोप लागेका मधेश प्रदेशका डीआईजी यज्ञविनोद पोखरेललाई प्रहरी मुख्यालयस्थित प्रदेश समन्वय विभागमा तानिएको छ।
यस्तै, मधेश प्रदेशमा भरतपुर शिक्षालयका डीआईजी लालमणि आचार्यलाई पठाइएको छ ।

शिक्षालयमा भने प्रहरी मुख्यालयस्थित अन्वेषण योजना निर्देशनालयमा कार्यरत डीआईजी राजेशनाथ बास्तोलालाई पठाइएको छ ।


सम्बन्धित समाचार