Logo

२९ भदौ,वीरगञ्ज । नेकपा एमालेका प्रदेश सांसद बिना शर्माले यातायात कार्यालय वीरगञ्ज पर्साबाट सवारी चालक अनुमति पत्र (लाइसेन्स) को वितरण कार्य यथाशिघ्र अगाडी बढाउन माँग गरेकी छिन् ।
सांसद शर्माले शुक्रवार संदनमा बोल्दै  पर्साबाट लाइसेन्स को वितरण कार्य यथाशिघ्र अगाडी बढाउन माँग गरेकी छिन् ।

प्रदेश सरकारले यातायात कार्यालय वीरगञ्जको नाममा एक पत्र लेख्दै सवारी चालक अनुमति पत्रको सबै प्रक्रिया रोक्न आदेश किन दिएको हो भनेर प्रश्न गर्दै, सांसद शर्माले भन्नि मधेश प्रदेशको सात जिल्लामा सवारी चालक अनुमति पत्र वितरण हुने पर्सामा मात्र किन बन्द ?

सांसद शर्माले भनिन् सबै भन्दा बढी राजश्व दिने जिल्ला पर्सा र पर्सामै किन सवारी चालक अनुमति पत्रको सबै प्रक्रिया रोक्न आदेश किन दिएको हो ?

सांसद शर्माले भन्नि यतायात कार्यालय वीरगञ्जमा भदौ १४ गते देखि बन्द रहेको सवारी अनुमतीपत्र वितरण कार्यले गर्दा सेवाग्राहीहरुलाई दुख भोग्नु परेको हुनाले तत्काल प्रदेश सरकारले निर्देशन दिएर लाइसेन्स को वितरण कार्य यथाशिघ्र  सुरु गराउन सभाुख मार्फत ध्यानकर्षण समेत गराएकी हुन् ।

प्रदेश सरकारको श्रम तथा यातायात मन्त्रालयले भदौ १२ गते यातायात कार्यालय पत्र लेख्दै कुनै वर्गको लिखित र प्रयोगात्मक परीक्षा सञ्चालन नगर्न आदेश दिएको थियो।


सम्बन्धित समाचार