Logo

२९ भदौ,काठमाडौं । आगामी मंसिर १५ देखि पुस ६ गतेसम्म काठमाडौंमा हुने नेपाल प्रिमियर लिग (एनपीएल)को पहिलो संस्करणको लागि मार्की खेलाडी छानिएका छन् ।

शनिबार काठमाडौंमा भएको लक्की ड्रमा ८ टोलीका लागि ८ मार्की खेलाडी छनोट भएका हुन् ।
जसमा रोहित पौडेल– लुम्बिनी, दीपेन्द्रसिंह ऐरी– सुदूरपश्चिम, कुशल भुर्तेल– पोखरा, कुशल मल्ल– चितवन, सन्दीप लामिछाने– विराटनगर, करण केसी– काठमाडौं, आशिफ शेख– जनकपुर र सोमपाल कामी– कर्णालीबाट कप्तान छानिएका हुन् ।

मार्कीमा परेका प्रत्येक खेलाडीले न्यूनतम २०÷२० लाख रुपैयाँ पाउने छन् । यो नेपाल क्रिकेट संघ (क्यान)ले नै गर्न लागेको फेन्चाइज क्रिकेट प्रतियोगिता हो ।


सम्बन्धित समाचार