Logo

३० भदौ,काठमाडौँ । संसदीय सुनुवाइ समितिको बैठक स्थगित भएको छ ।समितिका सभापति ईश्वरी न्यौपानेका अनुसार आज बस्ने भनिएको बैठक अर्को सूचना नआएसम्मको लागि स्थगित भएको छ ।

बैठकमा विभिन्न देशका लागि प्रस्तावित राजदूतहरूको सम्बन्धमा छलफल र निर्णय गर्ने कार्यसूची रहेको थियो । राजदूतहरूको सुनुवाइ सकिएकोले अब बस्ने समितिको बैठकले उनीहरूको सिफारिसबारे अन्तिम निर्णय गर्नेछ ।

 


सम्बन्धित समाचार