Logo

फाइल तस्बिर।

३० भदौ,वीरगञ्ज । वीरगञ्जको नारायणी अस्पतालमा आइतबारदेखि एमआरआई सेवा सेवा सुचारु भएको छ । नारायणी अस्पतालमा विगत ५ महिनादेखि बन्द रहेको एमआरआई सेवा आइतबारदेखि सुचारु भएको हो ।

नारायणी अस्पतालको एमआरआई सेवा ५ महिनासम्म अवरुद्घ हुदाँ बिरामीहरु बजारका निजी अस्पतालमा दोब्बर शुल्क तिरेर एमआरआई सेवा लिन बाध्य भएका थिए ।नारायणी अस्पतालमा ८ हजार रुपैयाँमा उपलब्ध एमआरआई सेवाका लागि बिरामीले निजी अस्पतालमा १५ देखि १६ हजार रुपैयाँ तिर्नुपर्ने बाध्यता रहेको थियो ।

संघ सरकारको स्वास्थ्य मन्त्रालय मातहतको स्वास्थ्य सेवा विभागले टेण्डर आह्वान गरी आपूर्तिकर्ता लुम्बिनी हेल्थ केयर प्रालि मार्फत चीनबाट ३० करोड रुपैयाँमा खरिद गरि ल्याएको थ्रीटेस्लाको एमआरआई मेशिन अस्पतालमा जडान गरि गत गत कार्तिक महिनादेखि सञ्चालनमा ल्याइएको थियो ।

तर मेशीनको बाँकी २० प्रतिशत रकम अस्पतालले आपुर्तिकर्ता कम्पनि हेल्थ केयर प्रालिलाई भुक्तानी नगरेपछि मेशीन उत्पादक चिनीया कम्पनिले मेशीनको सफ्टवेयर अपडेट (अद्यावधिक) नगदिएकाले मेशीन गत बैशाखदेखि बन्द हुन पुगेको थियो ।

शुक्रवार मात्र एमआरआई मेशिनको सफ्टवेयर अपडेट गरिएको र आज आइतबारदेखि फेरि एमआरआई सेवा सुचारु भएको अस्पतालका निमित्त मेसु डाक्टर एनामुल हकले बताए । उनले भने,‘ मेसीन खरिद गरि ल्याएबापतको ५ प्रतिशत कर नेपाल सरकारलाई आपुर्तिकर्ता कम्पनिले बुझाएपछि अस्पताललेपनि उसलाई तिर्नु पर्ने बाँकी २० प्रतिशत रकम भुक्तानी गरिदियो । त्यसपछि उसले सफ्टवेयर अपडेट गरिदियो ।’


सम्बन्धित समाचार