Logo

३० भदौ,काठमाडौँ । नेकपा माओवादी केन्द्रका उपमहासचिव तथा पूर्व अर्थमन्त्री वर्षमान पुनले एजेन्डा र विचारको हिसाबले माओवादी नै देशको पहिलो पार्टी भएको भन्दै अहिले जनतामा माओवादी पार्टीको ग्राफ बढिरहेको दाबी गरेका छन् ।

पोस्टबहादुर बोगटी स्मृति दिवसका अवसरमा आयोजित कार्यक्रममा नेता पुनले माओवादीले २०८४ को निर्वाचनमा जित निकाल्ने बताए । उनले काँग्रेस र एमाले बिस्तारै कमजोर बन्दै गएको दाबी गरे ।

पुनले भने, ‘एकथरि मान्छेले ८४को निर्वाचनलाई लिएर संख्या गनिरहेका छन्,हाम्रो साइज सानो हुन्छन् भनिरहेका छन् । यथार्थमा हाम्रा ८ लाख जति सदस्य छन्, एमाले र काँग्रेसका १०, १२ लाखको दाबी छन् ।

यसरी हामी एकै खालमा छौँ जनतामा जाँदा । बरु माओवादीको ग्राफ बढिरहेको छ र काँग्रेस र एमालेजस्ता पुराना संसदवादी विकृतिका डङ्गुर हुन् भनिरहेका छन् । आज सामाजिक कार्यक्रममा जाँदा प्रधानमन्त्रीको विरोध किन भइरहेको छ ? छेउमा भ्रष्टाचारीलाई राखेर म भ्रष्टाचार गर्दिन भन्दा जनताले पत्याएनन् ।


सम्बन्धित समाचार