Logo

३१ भदौ,काठमाडौं । सहकारी संस्थामा बचत रकम दुरुपयोग सम्बन्धमा बनेको संसदीय छानबिन विशेष समितिले प्रतिवेदमा सबै सदस्यले हस्ताक्षर गरेका छन् ।

समिति सदस्यहरू सत्ता पक्षबाट कांग्रेसबाट ईश्वरीदेवी न्यौपाने र बद्रीप्रसाद पाण्डे, एमालेबाट सरिता भुसाल र सूर्यबहादुर थापा क्षेत्रीले हस्ताक्षर गरेका छन् । थापा समिति सभापति हुन् ।

यस्तै प्रतिपक्षबाट माओवादी केन्द्रका लेखनाथ दाहाल, राष्ट्रिय स्वतन्त्र पार्टीबाट शिशिर खनाल र राप्रपाबाट ध्रुवबहादुर प्रधानले पनि हस्ताक्षर गरेका छन् ।

प्रतिवेदनमा रास्वपा सभापति रवि लामिछानेको नाम किटान गरेर रास्वपा सांसद खनालले हस्ताक्षर गरेको समिति सदस्यका सदस्यहरूले खबरहबलाई बताए ।

सहकारी संस्थामा बचत रकम दुरुपयोग सम्बन्धमा बनेको संसदीय छानबिन विशेष समितिले प्रतिवेदन आजै बसिरहेको संसद् बैठकमा पेस गर्दै छ ।

रविले गोरखा मिडियाबाट लिएको १५ प्रतिशत शेयरलाई गैरकानूनी भएको, हस्ताक्षर र ल्याप्चे पनि उनकै हुनसक्ने प्रतिवेदनमा उल्लेख भएको छ ।


सम्बन्धित समाचार