Logo

२ असोज,सिरहा । सिरहामा पोखरीमा डुबेर दुई बालबालिकाको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय सिरहाका अनुसार कर्जन्हा नगरपालिका–४ बस्तिपुरका सुमित लामाको ३ वर्षीय छोरा ३ नुरगेन लामाको सोही ठाउँको पोखरीमा डुबेर मंगलबार अपराह्न मृत्यु भएको छ ।

डुबेर बेहोस भएका उनको कर्जन्हास्थित फुलकुमारी मेमोरियल अस्पतालमा उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सिरहाले जनाएको छ ।

यसैगरी जिल्लाकै औरही गाउँपालिका ५ मा रहेको सार्वजनिक पोखरीमा डुबेर स्थानीय सजिबुल खानकी ३ वर्षीया छोरी अलिया खातुनको मंगलबार अपराह्न मृत्यु भएको छ । नुहाउने क्रममा पोखरीमा डुबेर बेहोस भएकी उनको प्रादेशिक अस्पताल सिरहामा उपचारको क्रममा मृत्यु भएको प्रहरीको भनाइ छ।

दुवै घटनाका सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय सिरहाले जनाएको छ ।


सम्बन्धित समाचार