Logo

फाइल तस्विर

३ असोज,काठमाडौं । दाङमा मोटरसाइकल दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । जिल्लाको लमही नगरपालिका–६ वेलदमारमा रा ८ प २९४० नं. को मोटरसाइकल बिहीबार बिहान ७ बजे दुर्घटना हुँदा दुई जनाको ज्यान गएको हो ।

ज्यान गुमाउनेमा घोराही उपमहानगरपालिका–१८ नवलपुर बस्ने २२ वर्षीय श्रवणकुमार पुन र सोही ठाउँका २१ वर्षीय विनोद केसी रहेको प्रहरीले जनाएको छ ।

दुर्घटनामा घाइते भएका दुवैलाई उपचारका लागि लमही अस्पताल पठाइएको बिहान ९ बजे उनीहरूको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ ।

 


सम्बन्धित समाचार