Logo

१२ पुष, वीरगञ्ज । वीरगञ्जस्थित नारायणी अस्पतालमा विगत १० महिनादेखि सिटीस्क्यान मेसिन सन्चालनमा हुदाँ सेवाग्राहीलाई फाईदा भएको छ ।

सस्तोमा सिटी स्क्यान सेवा पाउँदा सेवाग्राही लाभान्वित भएका हुन् । २०७२ सालमा सुरु भएको सिटीस्क्यान सेवा २०७४ सालमा मेसिन बिग्रेपछि थन्किएको थियो । भने पूनः २०७८ साल चैत्रबाट सेवा सुचारु गरिएको हो ।

अस्पतालमा पूनः सेवा सुचारु भएपछि दैनिक ८–१० जना सेवाग्राही सिटीस्क्यान गर्न आईरहेको रेडियो टेक्नोलोजिष्ट प्रदिप साहले जानकारी दिनुभयो । नीजि सेवा प्रदायकहरुले टाउकोको प्लेन सिटि स्क्यानको ४ हजार ५ सय र कन्ट्राष्टको ५ हजार ५ सय लिने गरेका छन् भने नारायणी अस्पतालमा टाउकोको प्लेन सिटि गराउँदा २ हजार ५ सय रुपैयाँ र कन्ट्रष्ट गर्दा ४ हजार रुपैयाँ मात्रै पर्ने गरेको छ ।

कन्ट्रास्ट सिटी स्क्यान गर्दा औषधी लगाएर गर्नुपर्ने भएकाले थप शुल्क लाग्ने गरेको छ । नारायणी अस्पतालमा ३ जना प्राविधिकले २४ औं घण्टा सिटि स्क्यान सेवा प्रदान गरिरहेका छन् ।

नारायणीमै सिटी स्क्यान सेवा सुचारु भएपछि सेवाग्राहीलाई चर्को शुल्क तिरेर बाहिर सिटी स्क्यान गराउनुपर्ने बाध्यताबाट मुक्ती मिलेको प्राविधिक साहले बताउनुभयो । बाहिर ९–१० हजार पर्ने पेटको सिटी स्क्यान पनि नारायणी अस्पतालमा ७ हजार ५ सयमै हुने गरेको छ ।

सरकारी अस्पतालबाटै सस्तो दरमा सिटी स्क्यान सेवा पाएपछि कम समय र खर्चबाटै विभिन्न रोग पत्ता लगाउन सहज भईरहेको सेवाग्राहीको भनाई छ ।


सम्बन्धित समाचार