Logo

४ असोज,काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेसँग संसदीय विशेष समितिले लिएको बयानसहितको प्रतिवेदन सार्वजनिक भएको छ ।

गोरखा मिडियामा आएको सहकारीको पैसा अपचलनमा कारबाही सिफारिस भएका लामिछानेले आफ्नो पेटमा सहकारीको एक रुपैयाँ नपरेको दाबी गरेका छन् ।

संसदीय समितिलाई दिएको बयानमा उनले सहकारी ठगीमा आफू निर्दोष रहेको दाबी गरेका हुन् ।
‘मेरो पेटमा सहकारीको एक रुपैयाँ पनि परेको छैन, मैले ऋण लिएको प्रमाण पनि छैन । मेरो बैंक खातामा कुनै सहकारीबाट रकम जम्मा भएको छैन,’ संसदीय छानबिन विशेष समितिले लिएको बयानमा ५१ औं प्रश्नको जवाफमा उनले भनेका छन्, ‘म निर्दोष छु ।’

संसदीय छानबिन समितिले सहकारीमार्फत गोरखा मिडियामा गएको ६५ करोड रुपैयाँमा गोरखा मिडियाका तत्कालीन सञ्चालक जीबी राई, छविलाल जोशी बन्जाडे, कुमार रम्तेल र लामिछानेलाई जिम्मेवार ठह¥याउँदै कारबाही सिफारिस गरेको छ ।

यस्तो छ उनको बयान 


सम्बन्धित समाचार