Logo

४ असोज, सेढवा । पर्साको ग्रामीण भेगमा डेङ्गी संक्रमण भएका बिरामीहरु भेटिन थालेका छन्। केही दिनदेखि देशका अन्य शहरहरुको साथसाथै पर्साको ग्रामीण भेगमा यस्ता रोगीहरु भेटिन थालेको चिकित्सकहरुले जनाएका छन।

जगरनाथपुर गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख परमेन्द्र साहका अनुसार पालिकामा चार जना डेङ्गी संक्रमणको बिरामीहरु भिटिएको बताए। वडा नं. ६ मा ३ र वडा नं ३ मा १ जना गरी ४ जना डेङ्गी संक्रमणका बिरामी फेला परेको र उनीहरुको उपचार भइरहेको स्वास्थ्य शाखा प्रमुख साहले बताए।

त्यस्तै जिराभवानी गाउँपालिकामा २ जना डेङ्गी संक्रमणका बिरामी भेटिएका स्वास्थ्य शाखा प्रमुख अजय चौधरीले बताए। सो बिरामीहरु वडा नं. ३ मा रहेको परसवा गाउँमा भेटिएकाले सोही गाउँको अन्य वडाहरुमा लामखुट्टे भगाउने औषधी छर्ने कार्य भइरहेको स्वास्थ्य शाखा प्रमुख चौधरीले बताए।

त्यस्तै ठोरी गाउँपालिकामा पनि दुई जना डेङ्गी संक्रमणका बिरामी भेटेका स्वास्थ्य शाखा प्रमुख रमेशराज थिङ्गले बताए। ती दुई जना बिरामी काठमान्डौ र हेठौडा बसोबास गर्दै आएका र ज्वरो लागेपछि गाउँ पसेको थिङ्गले बताए। पछि पालिकाका प्रयोगशालामा परिक्षण गर्दा डेङ्गी रोगबाट संक्रमित भएको पुष्टि भएको थिङ्गले बताए। यता पटेर्वासुगौली र सखुवाप्रसौनी गाउँपालिकामा भने डेङ्गी संक्रमित बिरामी एक जना पनि नभएको स्वास्थ्य शाखा प्रमुखहरुले बताए।


सम्बन्धित समाचार