Logo

५ असोज,वीरगञ्ज । वीरगञ्ज महानगरपालिका वडा नम्बर ११ श्रीपुरमा रक्तदान रक्तदान कार्यक्रम समपन्न भएको छ । हिन्दुहरुको महान चाड दशैको उपलक्ष्यमा श्री नवरात्री महोत्सव दुर्गा पुजा सेवा समितिको आयोजनामा रक्तदान कार्यक्रम सम्पन्न भएको हो ।

कार्यक्रममा ५ महिला सहित ५६ जनाले रक्तदान गरेका छन् । रक्तदान गर्नेहरुमा रिना देवि, पुष्पा गिरि, रितु मण्डल, अन्शु कुमारी पटेल, सिमरन मण्डल, कुन्दन साह कलवार, अजय महतो धानुक र अजय सर्मा रहेका रक्तदान सञ्चार केन्द्रका प्राविधिक प्रमुख सौरभ राज पाण्डेले बताए ।

यस्तै नेपाल फार्मास्युटिकल एसोसिएसन मधेश प्रदेश कार्यसमितिले पनि रक्तदान कार्यक्रमको आयोजना गरेको छ । मधेश विश्वविद्यालयको प्रांगणमा रक्तदान कार्यक्रम समपन्न भएको हो ।

रक्तदान कार्यक्रममा ६ महिला सहित ३६ जनाले रक्तदान गरेका छन् । कार्यक्रममा सत्या यादव, सुनिता कुमारी ठाकुर, पुष्पा कुमारी, खुश्बुनेशा खातुन, ज्योती पटेल, ओमकर रेग्मी, आशुतोष चौरसीया, आजाद अन्सारी, प्रीयन्का झा लगायतले रक्तदान गरेका रक्तदान सञ्चार केन्द्रका प्राविधिक प्रमुख पाण्डेले बताए ।

 


सम्बन्धित समाचार