Logo

६ असोज,वीरगञ्ज । पर्साबाट प्रहरीले १ करोड भन्दा बढी मूल्य बराबरका हार्डवेर सामान लोड रहेको एक ट्रक नियन्त्रणमा लिएको छ ।

प्रहरी टोलीले गरेको जाँचमा बिलबिजक भन्दा फरक सामान पाइएपछि प्रहरीले ट्रक नियन्त्रणमा लिएको हो । विशेष सूचनाको आधारमा वीरगञ्ज महानगरपालिका वडा नम्बर १९ एरियाबाट प्रहरीले उक्त सामानसहितको ट्रक नियन्त्रणमा लिएको हो ।

जिल्ला प्रहरी कार्यालय पर्साबाट खटिएको प्रहरी टोलीले वीरगञ्जबाट काठमाण्डौ तफ जादै गरेको ना ५ ख १६७ नम्बरको ट्रक नियन्त्रणमा लिएको प्रहरी नायब उपरिक्षक प्रवक्ता दिपक भारतीले बताए ।

उनका अनुसार प्रहरीले १ करोड ४२ लाख १ हजार ७९२ मूल्य बराबरका सामान लोड रहेको एक वटा ट्रक नियन्त्रणमा लिएको हो । नियन्त्रणमा लिईएको ट्रकमा हार्डवेर फेला परेको प्रहरीले जनाएको छ ।
बरामद सामानसहित ट्रकलाई आवश्यक कारवाहीका लागि राजस्व अनुसन्धान कार्यालय पथलैयामा बुझाइएको प्रहरीले जनाएको छ ।


सम्बन्धित समाचार