Logo

७ असोज,वीरगञ्ज । जिल्ला प्रहरी कार्यालय पर्साले ५२ लाख रुपैंया भन्दा बढीको सामान सहितको ट्रक नियन्त्रणमा लिएको छ ।

वीरगञ्ज महानगरपालिका वडा नं.२५ ड्राईपोर्ट स्थित सडकखण्डबाट ना.७ ख ७४२४ नम्बरको मालबाहक ट्रक नियन्त्रणमा लिएको हो ।

विशेष सूचनाको आधारमा खटिएको जिल्ला प्रहरी कार्यालय पर्साको टोलीले आईसीपीबाट वीरगञ्जतर्फ आउदै गरेको ट्रकलाई रोकेर चेकजाँच गर्दा ट्रकमा विलविजक भन्दा बढी लोड रहेको ट्रली सहितको हार्ड सुटकेश फेला परेको जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता प्रहरी नायव उपरीक्षक दिपक भारतीले जानकारी दिनुभयो ।

बरामद गरिएको सामानको मूल्य ५२ लाख २२ हजार ९१४बराबरका ट्रली सहितको सुटकेश लगायतका मालबस्तुहरू थप अनुसन्धान तथा कारवाहीको लागि राजस्व अनुसन्धान कार्यालय पथलैया बारामा बुझाइएको प्रहरीले जनाएको छ ।

 


सम्बन्धित समाचार