Logo

७ असोज,वीरगञ्ज । अत्यधिक गर्मीका कारण पर्साको पोखरिया स्थित जिल्ला उच्चांगल माध्यामिक विद्यालयका विद्यार्थीहरु बेहोस भएका छन् ।

केहीदिनदेखि बढेको अत्यधिक गर्मीका कारण विद्यालयका विद्यार्थीहरु आज अचानक बेहोस भएका हुन् । विद्यालयका प्रधानाध्यापक ओमप्रकाश रौनियारका अनुसार विद्यालयका आठ जना विद्यार्थीहरु गर्मीले बेहोस भएका छन् । उनीहरुलाई पोखरिया स्थित प्रादेशिक अस्पतालमा भर्ना गरि उपचार भईरहेको छ ।

विद्यालयमा विद्यार्थीको चाप धेरै भएको अत्यधिक गर्मीमा पंखाले पनि काम नगर्दा विद्यार्थीहरु बेहोस भएको प्रधानाध्यापक रौनियारले बताउनुभयो । पोखरिया नगरपालिकाकाले मौखिक रुपमा विद्यालयमा बिहानी सिफ्ट संचालन गर्न भने पनि आधिकारिक सूचना भने नआएको प्रधानाध्यापक रौनियारले बताउनुभयो । यस्तै श्री ने रा मा वि रंगपुर पर्साका कक्षा २ मा अध्ययनरत विद्यार्थी संजीला कुमारी बेहोस भएका छन् ।


सम्बन्धित समाचार