Logo

७ असोज,वीरगञ्ज । वीरगञ्ज महानगरपालिकाले विद्यालयहरु दुई दिनका लागि बन्द गर्ने निर्णय गरेको छ ।
तराई–मधेसमा केहि दिन यता गर्मी अत्यधिक बढेर विद्यार्थीहरु कक्षाकोठामै बेहाश हुन थालेपछि वीरगञ्ज महानगरपालिकाले असोज ८ र ९ गते दुई दिन महानगरमा रहेका सबै सामुदायिक र संस्थागत विद्यालयहरु बन्द गर्ने निर्णय गरेको हो ।
वीरगञ्ज महानगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत अरविन्दलाल कर्णले सोमबार सार्वजनिक सुचना जारी गर्दै हाल अत्याधिक बढेको गर्मीले विद्यार्थीहरुको स्वास्थ्यमा परेको प्रतिकुल प्रभावलाई मध्यनजर गर्दै असोज ८ र ९ गते महानगरका सम्पूर्ण सामुदायिक र संस्थागत विद्यालयमा पठनपाठन बन्द गर्ने निर्णय गरेको बताए ।

गर्मी अत्याधिक बढेर विद्यार्थीहरु कक्षाकोठामै मुर्छित हुने अवस्था आएको भन्दै यहाँका अभिभावकहरुले विद्यालयहरुमा विदा दिनुपर्ने भन्दै सामाजिक सन्जाल मार्फत आवाज उठाउँदै आइरहेका थिए । पर्सा , बारा लगायत मध्यतराईका जिल्लाहरुमा अहिले असोजको महिनामापनि गर्मी अत्याधिक बढिरहेको छ । यसक्षेत्रमा तापक्रम बढेर अधिकतम ३८ देखि ४० डिग्रि सेल्सियससम्म पुगेको छ । सोमबार मात्रै पर्साकै पोखरियास्थित जिल्ला उच्चांगल माविमा गर्मीले ८ जना छात्राहरु बेहोश भएका थिए ।

पर्साकै बिन्दबासिनी गाउँपालिका,पकहा मैनपुर र जिरा भवानी गाउँपालिकाले पनि पालिका अन्र्तगतका बिधालयहरुमा बिहानी सत्रमा कक्षा सञ्चालन गर्न सुचना जारी गरिसकेका छन ।उता बाराको कलैया उपमहानगरपालिकाले पनि सुचना जारी गरेर सोमबारदेखि उपमहानगरमा रहेका सबै सामुदायिक,सँस्थागत बिधालयहरुलाई अगामी असोज १६ गतेम्मि बिहान सत्रमा कक्षा सञ्चालन गर्न निर्देशन दिएको छ ।त्यस्तै जीतपुर सिमरा उपमहानगरपालिकाका विद्यालयमा दुई दिन बिदा दिइएको छ ।

जीतपुरसिमरा उपमहानगरपालिकाले आफ्नो क्षेत्रभित्र सञ्चालित शैक्षिक संस्थामा मंगलबार र बुधवार बिदा दिने निर्णय गरेका हुन् ।अत्यधिक गर्मीका कारण विद्यालयको पठनपाठनलगायतका गतिविधि सञ्चालन गर्न कठिनाइ भएपछि बदा दिने निर्णय गरिएको उपमहानगरको शिक्षा शाखा प्रमुख शिवजी प्रसादले बताए ।


सम्बन्धित समाचार