Logo

९ असोज,वीरगञ्ज । सशस्त्र प्रहरीले पर्साको विभिन्न नाकाबाट १३ लाख २४ हजार १ सय ८९ रुपैया बराबरको सामान बुधबार बरामद गरेको छ ।

सशस्त्र प्रहरी बल, नेपाल प्रस्तावित सीमा सुरक्षा गुल्म बिरगंजबाट खटिएको टोलीले वीरगञ्ज १६ ईनर्वा स्थित बिभिन्न सीमा नाकाहरुबाट भन्सार छलिका अबैध समान बरामद गरेको हो । सशस्त्र प्रहरीले बि.आर ०५ एन ५२४६ नं. को मोटरसाईकलमा लोड गरी नेपालतर्फ ल्याउदै गरेको ११ लाख२४ हजार १ सय ८९ रुपैया बराबरको किराना सामान, कपडा, लगायत बिभिन्न समान बरामद गर्नुका साथै सामान ओसापसारमा प्रयोग गरिएको मोटरसाईकल पनि नियन्त्रणमा लिएको सशस्त्र प्रहरीले जनाएको छ ।

यसैगरी बोर्डर आउटपोष्ट अमरपट्टीबाट खटिएको सशस्त्र प्रहरीको टोलीले ५० हजार रुपैया बराबरको कपडा नियन्त्रणमा लिएको छ । सोही टोलीले विन्दवासनी गाउँपालिका वडा नम्बर ३ भलुवा इलाकाबाट ५० हजार बराबरको लत्ताकपडा बरामद गरेको सशस्त्र प्रहरीले जनाएको छ ।

यसैगरी सुरक्षा वेश क्याम्प बेलवाबाट खटिएको सशस्त्र प्रहरीको टोलीले ७० हजार बराबरको २८ क्युफिटको २ वटा सालको गोलिया, नियन्त्रणमा लिई आवश्यक कारबाहीको लागि सव डिभिजन वन कार्यालय सबैयामा बुझाएको छ । बरामद गरिएको मोटरसाईकलको १ लाख ५० हजार मूल्यांकन गरी विभिन्न नाकाबाट बरामद गरिएको सामान बुधवार वीरगञ्ज भन्सार कार्यालयमा दाखिला गरिएको सशस्त्र प्रहरी नम्बर १३ गण हेडक्वाटर पर्साका सूचना अधिकारी सशस्त्र प्रहरी नायव उपरीक्षक देवेन्द्र सिहंले जाकारी दिए ।


सम्बन्धित समाचार