Logo

११ असोज, सेढवा (पर्सा) । पर्साको सखुवाप्रसौनी गाउँपालिकामा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ । मृत्यु हनेमा सखुवाप्रसौनी गाउँपालिका वडा नं १ सखुवनिया निवासी ६२ बर्षिय विश्वनाथ चौधरी रहेका छन् ।

चौधरीले गएराती करिब ९ः०० बजे बल्ब बाल्न बोर्डमा स्विच थिच्न गएका थिए । सोही क्रममा करेन्ट लागेका उनको मृत्यु भएको परिवारका सदस्यले बताएका छन् । करेन्ट लागेर बेहोश अवस्थामा रहेका उनलाई वीरगञ्ज स्थित नारायणी अस्पतालमा पु¥याउँदा चिकित्सकले मृत घोषणा गरेका थिए ।


सम्बन्धित समाचार