Logo

११ असोज, वीरगञ्ज । आर्थिक नगरी वीरगञ्जमा ४५ औं विश्व पर्यटन दिवस मनाइएको छ । ४५ औं विश्व पर्यटन दिवसको उपलक्ष्यमा होटल तथा पर्यटन व्यवसायी संघ वीरगञ्जले वीरगञ्ज नाका भएर नेपाल भित्रिएका पाहुनालाई स्वागत गरेको छ ।

पर्यटन दिवसको अवसरमा वीरगञ्जको मुख्यद्वार शङ्कराचार्य गेटबाट नेपाल प्रवेश गर्ने भारतीय पर्यटकलाई फूल, मालाले स्वागत गर्दै शुभ साइतको प्रतीक दही खुवाएर नेपाल भित्र्याइएको छ ।

स्वागत कार्यक्रममा प्रमुख अतिथि सशस्त्र प्रहरी बल नेपाल नम्बर १३ गण हेडक्वाटर पर्साका सशस्त्र प्रहरी उपरीक्षक राधेश्याम धिमाल,होटल तथा पर्यटन व्यवसायी सङ्घ वीरगंजका अध्यक्ष हरि पन्त, नेपाल पत्रकार महासंघका केन्द्रीय सचिव दीपेन्द्र चौहान, पर्सा उपाध्यक्ष युवराज खड्का, होटल तथा पर्यटन व्यावसायी संघका सल्लाहाकार पशुपतिविक्रम शाह, उषा शाह लगायत होटल व्यावसायी र सञ्चारकर्मीहौको उपस्थिति रहेको थियो ।


सम्बन्धित समाचार