Logo

११ असोज,काठमाडौँ । ज्वरो, मधुमेह, उच्च रक्तचाप, पेटमा सङ्क्रमण जस्ता स्वास्थ्य समस्यामा प्रयोग हुने चार दर्जनभन्दा बढी औषधि गुणस्तरहीन रहेको पाइएको छ । विभिन्न प्रकारका रोगको उपचारमा प्रयोग हुने भारतमा उत्पादित औषधि गुणस्तरहीन भएको पाइएको हो ।

भारतको ‘सेन्ट्रल ड्रग्स स्ट्याण्डर्ड कन्ट्रोल अर्गनाइजेसन’ (सीडीएससीओ)ले आफ्नो रिपोर्टमा भारतमा उत्पादित विभिन्न औषधि गुणस्तरहीन रहेको उल्लेख गरेको छ । सीडीएससीओले जारी गरेको रिपोर्टमा पारासिटामोल, पान–डी, क्याल्सियम सप्लिमेन्टसहित ५३ वटा औषधि गुणस्तर चेकजाँचमा असफल भएको उल्लेख छ ।

गुणस्तर चेकजाँचमा ५३ औषधि असफल भएको र तीमध्ये ४८ औषधि निर्धारित मानक अनुरूप नभएको पाइएको छ । यी औषधिमा भिटामिन सी र डी ३ ट्याबलेट, शेलकल, भिटामिन बी कम्प्लेक्स, भिटामिन सी सफ्टजेल, मधुमेहको औषधि ग्लिमेपिराइड, उच्च रक्तचापको औषधि टेल्मिसर्टन लगायत छन् ।

हेर्नुस् सूची :


सम्बन्धित समाचार