Logo

११ असोज,काठमाडौं ।सर्वोच्च र उच्च अदालतमा न्यायाधीश नियुक्ति सिफारिश गर्न अहिले प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठको अध्यक्षतामा न्यायपरिषद् बैठक बसिरहेको छ ।

सचिवालयभित्र परिषद् बैठक बसिरहँदा बाहिर भने प्रवेशद्वार अगाडि नेपाल बार एसोसिएसनले विरोध प्रदर्शन गरिरहेको छ । बारका अध्यक्ष गोपाल कृष्ण घिमिरेको नेतृत्वमा विरोध प्रदर्शन भइरहेको हो ।

न्यायपरिषद्को संशोधित नियमावली खारेज गर्नुपर्ने, घर जान लागेका प्रधानन्यायाधीशले न्यायाधीश नियुक्ति गर्न नमिल्ने भन्दै बारले प्रदर्शन गरेको हो । असोज २० गते प्रधानन्यायाधीश श्रेष्ठ सेवानिवृत हुँदैछन् ।

अवकाशमा जाने बेलामा न्यायाधीश सिफारिश गरिछाड्ने प्रधानन्यायाधीश श्रेष्ठको अडान सम्बन्धमा नेपाल बार अध्यक्ष घिमिरेले गम्भीर प्रश्न उठाएका छन् । न्यायाधीश सिफारिशका लागि प्रधानन्यायाधीशले अतिरिक्त जोडबल गर्नुका पछाडि उनको कुनै स्वार्थ लुकेको हुन सक्ने घिमिरेको आरोप छ ।

न्यायपरिषद्ले चलखेल र भागबन्डागरी सर्वोच्चमा ६ जना र उच्च अदालतमा १६ जना न्यायाधीश नियुक्ति गर्न लागेको उनको जिकिर छ ।


सम्बन्धित समाचार