Logo

१२ असोज, काठमाडौँ ।  आज विश्व रेबिजविरुद्धको दिवस, नेपालमा पनि मनाईंदैछ । रेबिजको रोकथाम र चेतना जगाउने उदेश्यले हरेक वर्ष सेप्टेम्बर २८ तारिखलाई विश्व रेबिज दिवसको रूपमा मनाउने गरिन्छ ।

यसवर्ष विश्व रेबिजविरुद्धको दिवस, ‘रेबिजको सीमा तोड्दै’ तय गरिएको छ । नेपालमा ‘अवरोध हटाऔँ, रेबिज उन्मूलन गरौँ’ भन्ने नारासहित यो वर्षको रेबिजविरुद्धको दिवस मनाउन लागिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

नेपालमा ९९ प्रतिशत रेबिज कुकुरको टोकाइबाट हुने गरेको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले जनाएको छ । कुकुर, बिरालो, स्याल, चमेरोलगायत सङ्क्रमित जनावरको टोकाइबाट रेबिज सर्छ । रेबिजबाट बच्नको लागि टोकाइपछि तुरुन्तै खोप लगाउनु डाक्टरको सुझाव छ । घरमा पालेको कुकुरमासमेत सङ्क्रमण हुन सक्ने भएकाले टोकेको अवस्थामा रेबिजविरुद्धको खोप लगाउन सुझाव छ ।

रेबिजको सङ्क्रमणको लक्षण ज्वरो र टाउकोबाट शुरु हुन्छ र प्रकाश, पानी र हावादेखि डर लाग्ने हुन्छ । सरकारले सरकारी अस्पतालमा रेबिजविरुद्धको खोप निःशुल्क उपलब्ध गराउँदै आएको छ । नेपालले सन् २०३० सम्म रेबिजलाई शून्यमा झार्ने लक्ष्य लिएको छ । तर लक्ष्य पूरा गर्न चुनौती कायमै छ ।


सम्बन्धित समाचार