Logo

१२ असोज,पर्सागढि । बिहीवार देखि सुरु भएको अविरल वर्षा र बर्षा संगै रातमा चल्ने हावाको कारण पर्साको ग्रामीण भेगमा किसानले लगायको धान बाली डुबानमा पर्नुको साथै पाक्न थालेको धान ढल्दा किसान हरु मर्कामा परेका छन ।

पर्साको पर्सागढि नगरपालिका लगायत ग्रामीण भेगमा किसानले लगायको धानबाली अविरल बर्षा र रातिको समयमा वर्षा सङै हावा चल्दा धानबाली डुबानमा पर्नुको साथै ढलेको हो । पर्सागढि नगरपालिका वडा न ३ का किसान शिवपुजन महतोले लगायको १० कठा धान पाकेर काटने समयमा अत्याधिक वर्षाको कारण धान बाली ढल्नुको साथै डुबानमा परेको छ ।

बर्षाको कारण अहिले पर्साको ग्रामीण भेगमा किसानले लगायको धान बाली पानीको निकास नहुन्दा दर्जनौ बिघा धान डुबानमा परेको छ । वर्ष भरि खाने धान बाली डुबानमा पर्दा यश वर्ष के खाने भन्नेमा किसान हरु चिन्तित बनेका छन ।

 


सम्बन्धित समाचार