Logo

१२ असोज, वीरगञ्ज । बाराको सिमरामा महिला सहकारी पत्रकारिता पुरस्कारबाट पत्रकार बिदुर खड्का सम्मानित भएका छन्।

महिलाहरुद्वारा संचालित जिल्लाकै नमुना सहकारीको रूपमा स्थापित सिमरा महिला वचत तथा ऋण सहकारी संस्थाको १७ औँ वार्षिकको अवसरमा सहकारी तथा महिला सशक्तीकरणका क्षेत्रमा कलम चलाएबापत नगद रासी सहित उक्त पुरस्कारद्वारा खड्का सम्मानित भएका हुन् ।

कार्यक्रमको उद्घाटन गर्दै जीतपुरसिमराका नगर प्रमुख राजन पौडेलले एक व्यक्ति एउटै सहकारीको मात्र शेयर सदस्य बनेर सहकारी सुद्विकरण अभियानमा लाग्नु पर्ने बताए । उनले एक व्यक्तिले धेरै सहकारीको शेयर सदस्य भएकोले विकृति फैलिएको बाताए ।

कार्यक्रमको अध्यक्षता गरेकी संस्थाकी अध्यक्ष मुना खरेलले अध्यक्षको प्रतिवेदन, उपाध्यक्ष भिमादेवी शर्माले स्वागत मन्तव्य व्यक्त गरेको कार्यक्रको संचालन सचिव गीता शर्माले गरेकी थिइन् ।

कार्यक्रममा जिल्ला सहकारी वचत तथा ऋण सहकारी सँघका उपाध्यक्ष कोपिला सिंखडा, सिमरा महिला साकोसका पूर्व अध्यक्ष एवं संस्थाका सल्लाहकार संयोजक अनिता लम्साल, जनहित उपभोक्ता समितिका अध्यक्ष अमृतलाल श्रेष्ठ,औराहा उपभोक्ता सहकारी संस्थाका पूणर्चन्द्र तिमल्सेना, सञ्चारकर्मी विदुर खड्का, संस्थाका सेयर सदस्य समाजसेवी एवं नारायणी रायमाझी लगायतले शुभकामना मन्तव्य राख्नु भएको थियो ।

कार्यक्रममा औराहा कृषि तथा पशुपालन सहकारीका मदन बहादुर क्षेत्री, घण्टीमाई साकोसका तोयनाथ लुइटेल, संगालो साकोसका कोपिला खरेल, साकोसका संस्थापक अध्यक्ष पुण्यवति कँडेल, थानीमाई सामुदायिक वन उपभोक्ता समितिका कोषाध्यक्ष श्याम सुवेदीलगायतको उपस्थिति रहेको थियो ।

कार्यक्रमा संस्थालाई योगदान पुरियाउने विभिन्न व्यक्तिहरुलाई समानित गरिएको थियो ।

 

 


सम्बन्धित समाचार