Logo

१४ असोज,वीरगञ्ज । उपकार सेवा नेपाल नामक संस्थाले वीरगञ्ज महानगरपालिका–३० लालपर्सास्थित श्री नेपाल राष्ट्रिय माध्यमिक विद्यालयमा आठ थान पंखा वितरण गरेको छ ।

संस्थाले विद्यालयमा एक कार्यक्रमबीच सोमबार आठ थान सिलिङ पंखा वितरण गरेको हो । शिशुदेखि कक्षा १० सम्म अध्ययनरत बालबालिकाको स्वस्थ्य तथा गर्मी मौसमलाई ध्यानमा राख्दै आठ थान सिलिङ पंखा सहयोग गरिएको सामजिक अभियन्ता प्रकाश थारुले जानकारी दिए।

उपकार सेवा नेपाल नामक संस्थाको सहयोगमा संस्थाकी अध्यक्ष विद्याकुमारी सरावगीले विद्यालय व्यवस्थापन समिति अध्यक्ष ध्रुप महतो कोइरी र सहायक प्रधानाध्यापक बैजनाथ साहलाई पंखा हस्तान्तरण गरेका थिए।

कार्यक्रममा जनमत पार्टी पर्साका संयोजक ओमप्रकाश शर्राफ उपकार सेवा नेपालका सदस्य सुमन बगारिया र अंकुश शर्मा तथा विद्यालयका शिक्षक÷शिक्षिका, स्थानीय भद्रभलादमीको उपस्थिति थियोे।


सम्बन्धित समाचार