Logo

१४ असोज,पर्सागढि । पर्साको पर्सागढि नगरपालिका वडा न १ मनवा गाउमा आज निशुल्क स्वास्थ्य शिबिर सम्पन्न भएको छ ।

जनसेवा अभियान अन्तर्गत पर्सा युवा फाउन्डेसन को आयोजनामा स्वास्थ्य परिक्षण तथा आँखा शिबिर सम्पन्न भएको हो । शिबिरमा ९० जनाको स्वास्थ्य परिक्षण गरिएको र ४५ जनाको आँखा चेकजाँच गरिएको छ ।

शिबिरमा जेनरल फिजिसियन डा चन्द्रभुषण शिहले स्वास्थ्य परिक्षण गर्नुभएको थियो भने आँखा चेकजाच बडनिहार आँखा तथा दन्त अस्पताल बडनिहारका बिसषज्ञ बिनय चौधरीले गर्नुभएको थियो ।

स्वास्थ्य परिक्षणमा अधिकान्समा सुगर , प्रेसर र जोर्नी दुख्ने रोगी हरु रहेको र आँखा चेकजाचमा ४५ जना मध्य १० जनामा मोतिया बिन्दुको रोगी फेला परेको र मोतियाबिन्दुको रोगी लाई निशुल्क अप्रेसन गरिने बडनिहार आँखा तथा दन्त अस्पतालका संचालक जितेन्द्र गिरिले बताए ।

तेसैगरी शिबिरमा बढदो डेङ्गु बाट बच्नको लागि अपाङ्ग तथा बिपन्न १० घरपरिवार लाई झुल पनि बितरण गरिएको समाजिक अभियान्ता बिक्रम कार्कीले बताए ।
शिबिर पर्सागढि नगरपालिकाको नौव वटै वडामा क्रमश गरिने बताईयको छ ।


सम्बन्धित समाचार