Logo

१५असोज,वीरगञ्ज । बाराको बरियारपुरमा लागने विश्वप्रसीद्ध गढीमाई मेला सञ्चालन समिति गठन गरिएको छ ।

आगामी मङ्सिरमा लाग्ने मेलालाई भव्य रुपले सम्पन्न गराउन महागढीमाई नगरपालिकाका नगरप्रमुख उपेन्द्र यादवको अध्यक्षतामा एक सय ११ सदस्यीय समिति गठन गरिएको हो । मूल समितिको उपाध्यक्षमा मनोजकुमार गुप्ता, रामचन्द्र प्रसाद साह, रामबाबु प्रसाद यादव र कलैश महतो रहेका छन् ।

यस्तै समतिको महासचिवमा वीरेन्द्रप्रसाद यादव, नरेशप्रसाद जयसवाल, उपेन्द्रप्रसाद गुप्ता तथा सचिवमा उमरावती देवीलहेरीन, नितुकुमारी गुप्ता र कोषाध्यक्षमा वीरेन्द्रप्रसाद चौरसिया रहेका छन् ।मूल समितिको सददस्यमा बाराका १६ वटै पालिकाका प्रमुख र उपप्रमुख, जिल्लामा सकृय सबै राजनीतिक दलका एक एक जना प्रतिनिधीहरु रहेका छन् ।


सम्बन्धित समाचार