Logo

१५ असोज,काठमाडौं । बिहीबारदेखि आइतबार साँझसम्म परेको वर्षाका कारण उत्पन्न बाढीपहिरोबाट १७ अर्बको क्षति भएको सरकारले जानकारी दिएको छ।

मंगलबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबामा पत्रकार सम्मेलन गर्दै मुख्यसचिव एकनारायण अर्यालले जानकारी दिए। उनले बाढी पहिरोबाट २१ जिल्ला प्रभावित भएको बताए।
सिन्धुपाल्चोक, काभ्रेपलाञ्चोक, धादिङ, काठमाडौं, ललितपुर, सिन्धुली, मकवानपुर बढी प्रभावित भएको उनले बताए।

बाढीपहिरोबाट २२४ जनाको मृत्यु, २४ जना बेपत्ता रहेको बताए। विपद्मा परी १ सय ५८ जना घाइते भएको र सरकारले चार हजार ३ सय ३१ जनाको उद्धार गरेको जानकारी दिए। विपद्पछि खोज तथा उद्धारका लागि ३० हजार ७ सय ३१ प्रहरी परिचालन गरिएको जानकारी दिए।

भौतिक पूर्वाधारतर्फ खानेपानीका संरचनामा ३ अर्ब ५५ करोडको क्षति पु¥याएको उनले बताए। सडक संरचनामा २ अर्ब ५२ करोड, ऊर्जाका पूर्वाधारमा ४ अर्ब रुपैयाँको नोक्सानी भएको प्रारम्भिक विवरण प्राप्त भएको उनले बताए।

सिँचाइका पूर्वाधारमा एक अर्ब रुपैयाँ बराबर क्षति पुगेको उनले बताए। बाढीपहिरोपछि ३७ राजमार्ग अवरूद्ध भएकोमा ९ वटा सञ्चालनमा आइसकेको उनले बताए। ऊर्जातर्फ १६ वटा जलविद्युत आयोजनाहरूमा क्षति पुगेको उनले बताए। जसमा कुल ६६७ मेगावाट जडित क्षमता रहेको उनले बताए।

कुल १ हजार १ स ३९ मेगावाट क्षमताका १८ वटा निर्माणाधीन जलवियुत परियोजनामा पनि क्षति पुगेको उनले बताए। ५ प्रमुख प्रसारण टावरमा क्षति पुगेको पनि उनले बताए।
नेपाल दूरसञ्चार कम्पनीको ३१२ साइटमा क्षति पुगेको पनि मुख्यसचिवले जानकारी दिए।


सम्बन्धित समाचार