Logo

१९ असोज, काठमाडौँ । घरेलु टोली नेपाल एसिया रग्बी इमिरेट्स सेभेन्स ट्रफी २०२४ को च्यालेन्ज सेमिफाइनलमा पराजित भएको छ। त्रिपुरेश्वरस्थित दशरथ रंगशलामा शनिवार बिहान भएको खेलमा नेपालि पुरुष टोली कतारसँग ३३-० को स्कोरमा पराजित भएको हो ।

नेपाल समूहचरणका सबै खेलमा पराजित भएपछि मुख्य स्पर्धा बहिरको च्यालेन्ज खेल्न परेको हो । नेपालले अब तेस्रो च्यालेन्जमा अफगानिस्तानसँग प्रतिस्पर्धा गर्नेछ।

यसैगरि आज भएकाे अर्काे खेलमा पाकिस्तानले अफगानिस्तानलाई २६-१० काे स्काेरमा पराजित गरेकाे छ। फिलिपिन्सले भने बहराइनलाई १९-१४ ले पराजित गरेकाे छ।


सम्बन्धित समाचार