Logo

१७ पुष, वीरगञ्ज । जैन श्वेताम्बर तेरापंथी सभा विरगन्जले एक्युपन्चर उपचार शिविरको आयोजना गर्नेभएको छ ।

सभाले ९ दिनको उपचार शिविरको आयोजन गर्न लागेकोे आज पत्रकार सम्मेलन मार्फत जानकारी दिएको छ । श्री भैरोचना फाउन्डेसन काठमाण्डौँको समन्वयमा पुष २० देखि २९ गतेसम्म शिविरको आयोजना हुने सभाले जनाएको छ ।

रोगीहरुलाई नेचुरल ट्रिटमेन्टबाट थोरै औषधीको प्रयोग गरी उपचार गर्ने उद्देश्यले सो शिविरको आयोजन गर्न लागिएको सभाका उपाध्यक्ष सुनिल कुमार मनोतले जानकारी दिए ।

शिविरमा रोग विषेशज्ञ आर्थराइटिस,जार्नी,महिनावारी प्यारालाईसिस,ढाड,गर्दन डिस्क प्रोल्याप्स, बाथ आदी लगायतको उपचार हुने मनोतले बताए ।

उपचार गराउन इच्छुकले आर्दशनगर विरगन्जको अणुव्रत मार्गस्थित तेरापथं जैन भवनमा सम्पर्क गरि रजिष्ट्रेशन गराउन सक्ने सभाका अध्यक्ष निर्मल जैनले जानकारी दिएका छन । साथै एक्युपन्चरमा निडिल थेरेपिबाट मात्र उपचार गरिने जैनले बताए ।


सम्बन्धित समाचार
भर्खरै