Logo

२२ असोज,हेटौँडा । मकवानपुर प्रहरीले पेट्रोलियम पदार्थको ट्याङ्करबाट ३९२ किलो गाँजा बरामद गरेको छ। पूर्व–पश्चिम राजमार्गअन्तर्गत हेटौँडा–१५ रातमाटे चेकपोष्टबाट प्रहरीले ट्याङ्कर र गाँजासहित दुई जनालाई पक्राउ गरी मंगलवार सार्वजनिक गरेको हो।

विशेष सूचनाको आधारमा पालुङबाट वीरगञ्चतर्फ जाँदै गरेको ना ७ ख १७७१ को ट्याङ्कर जाँच गर्ने क्रममा मकवानपुरको मनहरी–९ ज्यामिरेका ट्याङ्करचालक २६ वर्षीय रोशन पुरी र सहचालक २२ वर्षका धनबहादुर मल्ललाई गाँजासहित प्रहरीले पक्राउ गरेको हो।

ट्याङ्करको ५ वटा डिब्बामध्ये ३ नम्बरको डिब्बाभित्र २५ वटा पोका रातो प्लाष्टिकले बेरेको अवस्थामा प्रहरीले गाँजा फेला पारेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी उपरीक्षक विश्वराज खड्काले बताए। घटनाबारे थप अनुसन्धान भइरहेको उनले बताए।

 


सम्बन्धित समाचार