Logo

२२ असोज,काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से) २७ अङ्कले बढेको छ । साताको तेस्रो कारोबारका दिन मङ्गलवार नेप्से परिसूचक २७.३९ अङ्कले घटेर २६६३.३२ को बिन्दुमा अडिएको छ ।

यसदिन बजारमा १ करोड ३ लाख ३० हजार ५०२ कित्ता शेयरको खरिदबिक्री हुँदा ४ अर्ब ५९ करोड ३७ लाख २७ हजार रुपैयाँको कारोबार भएको छ ।

अघिल्लो दिन समेवारमात्रै ३७.१३ अङ्कले बढेको नेप्से परिसूचक २६९०.७२ को बिन्दुमा अडिएको थियो । यसदिन बजारमा १ करोड ५८ लाख ४५ हजार ४४९ कित्ता शेयरको खरिदबिक्री हुँदा ७ अर्ब ९ करोड ५९ लाख ५३ हजार रुपैयाँको कारोबार भएको थियो ।

मङ्गलवार दोहोरो अङ्कले घटे पनि मिडसोलु हाइड्रोपावर कम्पनीको शेयरमूल्य सबैभन्दा बढी १० प्रतिशतले बढेको छ । त्यस्तै, कारोबारका आधारमा एनएलजी इन्स्योरेन्स कम्पनी २७ करोड १७ लाख ६१ हजार रुपैयाँका साथ शीर्ष स्थानमा रहेको छ ।
साताको पहिलो दिन आइतबार नेप्से परिसूचक ५६.०९ अङ्कले बढेर २६५३.५८ को बिन्दुमा अडिएको थियो । यसदिन १ लाख ५० हजार ४६ हजार ७१० कित्ता शेयरको खरिदबिक्री हुँदा ६ अर्ब १३ करोड ८२ लाख ६ हजार रुपैयाँको कारोबार भएको थियो ।


सम्बन्धित समाचार