Logo

२३ असोज,वीरगञ्ज । वीरगञ्ज महानगरपालिकाको चारवटा वडामा अबिरल बर्षापछि भएको डुबानको बिषयमा वीरगञ्ज महानगरपालिकाका पूर्व नगर प्रमुख विजय कुमार सरावगीले चासो लिनएका छन् ।

वीरगंज महानगरपालिका वडा नम्बर १७, २६, २४, २० मा अविरल बर्षापछि जमेको पानीको निकासको विषयमा उनले आज अलौमा धर्नामा बसेका स्थानीयसँग जानकारी लिनएका छन् ।

धर्नास्थलमै पुगेर पूर्व नगर प्रमुख सरावगीले धर्नामा सहभागीहरुसँग जानकारी लिनुका साथै त्यहाँको समस्याको बारेमा पनि यथार्थ बुझ्नु भएको छ ।

उहाँले अलौंमा असोज २० गते आईतबार भएको विवादमा स्थानीय महानगर प्रमुख जस्तो गरिमामय पदमा आसिन ब्यक्तिबाट एक जना ज्येष्ठ नागरिकमाथि दुव्र्यवहार हुनु निन्दनीय भएको पनि बताए ।

उहाँले विवादको सम्बन्धमा सम्बधित वडा अध्यक्ष र सर्बपक्षिय भेला बसेर कम भन्दा कम क्षति हुने गरि शान्तिपूर्ण तरिकाले समस्याको समाधान गर्न अनुरोध पनि गरेका छन् ।

गरिमामय पदमा आसिन ब्यक्तित्वबाट भएको दुव्र्यबहारको निन्दा गर्दै दोषीलाई आवश्यक कार्वाही गर्न समेत प्रशासनसँग माग गरेका छन् ।

 


सम्बन्धित समाचार