Logo

२३ असोज,वीरगञ्ज । सशस्त्र प्रहरीले वीरगन्ज–१६ नगवाका तीन वटा घरमा छापा मारेर तस्करीको सामान बरामद गरेको छ ।

तस्करी गरी ल्याएर भण्डारण गरि राखेको सूचना पाएको सशस्त्र प्रहरीले प्रस्तावित सीमा सुरक्षा बल वीरगन्ज भन्सारका सशस्त्र प्रहरी नायब उपरक्षिक सुरज रिजालको नेतृत्वमा खटिएको सशस्त्र प्रहरीको टोलीले ती घरमा पुगेर खानतलासी गर्दा ती कपडाहरु बरामद गरेको थियो । कपडा बरामद गरिएको घरधनीको नाम भने सशस्त्र प्रहरीले खुलाएको छैन ।

बुधबार बिहान सशस्त्र प्रहरी बल नेपाल नम्बर १३ गण हेडक्वाटर पर्साबाट खटिएको सशस्त्र प्रहरीको टोलीले नगवाको नयाँबस्तीस्थित तीन वटा घरमा छापा हानेर २१ लाख २१ हजार ८ सय रुपैयाँ मूल्यका विभिन्न ब्राण्डका कपडाहरु बरामद गरेको हो ।

नगवाको नयाँबस्तीका तीन वटा घरमा कारोबारीहरुले गोदाम बनाएर भारतबाट राजश्व छलेर ल्याइ भण्डारण गरि राखिएको सर्टिसुटीङका थान कपडा, कुर्था सेट लगायतका कपडा बरामद गरेको सूचना अधिकारी सशस्त्र प्रहरी नायब उपरीक्षक नरेन्द्र सिंह धामीले जानकारी दिए ।

बरामद कपडा बुधबार दिउँसो आवश्यक कारबाहीका लागि वीरगन्ज भन्सार कार्यालयमा बुझाइएको सशस्त्र प्रहरी नायब उपरीक्षक धामीले जानकारी दिए । गोदममा कपडा भण्डारण गरेर राखेका सामानधानीको पहिचान नुखलेको भन्दै उनले यसबारेमा अनुसनधान भइरहेको बताए ।


सम्बन्धित समाचार