Logo

२५ असोज, वीरगञ्ज । वीरगञ्ज मेला भर्न आईपुगेका दर्शनार्थीहरुको स्वास्थ्य जाँचका लागी निशुल्क शिविर सञ्चालनमा छ ।

वाईसिएल पर्सा र नेपाल सिएमए संघ पर्साले वीरगञ्ज घण्टाघर क्षेत्रमा दुई छुटाछुटै निशुल्क स्वास्थ्य शिविर संचालन गरेका हुन् । विहीबार देखि संचालन गरिएको शिविरमा शुक्रबार दिउँसो सम्म २११ जनाको स्वास्थ्य जाँच गरिएको सिएमए संघका अध्यक्ष जितेन्द्र महतोले जानकारी दिए ।

मेलाको समयमा नागरिकलाई स्वास्थ्य सेवामा सहज पहुँच प्रदान गर्नु र विशेष गरी भीडभाडका कारण स्वास्थ्यमा समस्या उत्पन्न हुन सक्ने अवस्थालाई ध्यानमा राख्दै निशुल्क स्वास्थ्य शिविर संचालन गरिएको वाईसिएलका केन्द्रिय सदस्य एवम जिल्ला ईन्चार्ज संतोष पटेलले बताए ।

उनले मेला भर्न आएका भक्तजनहरुलाई गर्मिका कारण रिंगटा लाग्ने, अत्यधिक थकान, र कमजोरीको समस्या देखिएको र सो औषधोपचारका साथै स्वास्थ्यसम्बन्धी परामर्श पनि दिइएको बताए ।

उक्त शिविरमा प्रगतिशिल जनस्वास्थ्यकर्मी महासंघका केन्द्रिय उपाध्यक्ष सुभाष गुप्ता, सचिव प्रदिप राउत, प्रगतिशिल स्वास्थ्यकर्मी संगठनका पर्सा जिल्ला अध्यक्ष शिवहरि, सिएमए संघ पर्साका अध्यक्ष जितेन्द्र महतो, वाईसिएलका पूर्व पर्सा जिल्ला अध्यक्ष पिन्टु रौनियार लगायतकाहरु उपस्थित भई सेवा दिईरहेका छन् ।


सम्बन्धित समाचार